दफा १०
परिषद्को बैठक र निर्णय
(१) परिषद्को बैठक अध्यक्षले तोके बमोजिम हुनेछ ।
(२) परिषद्को बैठक साधारणतया वर्षको तीन पटक बस्नेछ र अध्यक्षले आवश्यक देखेमा बढी पटक पनि बैठक बोलाउन सक्नेछ ।
(३) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ । निजको अनुपस्थितिमा सदस्यहरूले आफूमध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ ।
(४) परिषद्को कुल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिन पाउनेछ ।
(६) परिषद्को निर्णय रजिष्ट्रारद्वारा प्रमाणित गरिनेछ ।
(७) सदस्यहरूले बैठकमा भाग लिँदा पाउने भत्ता तथा अन्य सुविधाहरू तोकिए बमोजिम हुनेछ ।
(८) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।